शारदाको तीजको लहर, गाउँ सहर

काठमाडौं । सञ्चारकर्मी शारदा थापाको ‘तीजको लहर, गाउँ सहर’ बोलको नयाँ तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । टेलिभिजन पत्रकारितामा व्यस्त थापाको यो तेस्रो तीज गीत हो । गीतमा जीवन प्याकुरेलको शब्द र जय देवकोटाको लय छ ।

विगत वर्षहरुमा तीज आउनुअघि नै सयौं तीज गीत सार्वजनिक हुने गरे पनि यो वर्ष कोरोना महामारीका कारण कमी आएका बेला थापाको तीज गीत सार्वजनिक भएको छ । सञ्जय श्रीपालको संगीत संयोजन रहेको थापाको गीतको भिडियोमा वीरेन्द्र भट्टको छायांकन र अमृत चापागाईंको सम्पादन छ ।

मदन खड्काले निर्देशन गरेको भिडियोमा गायिका थापाकै अभिनय छ । म्युजिक भिडियो थापाको आफ्नै शारदा क्रियशन्स नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।