हामी तीन भाइमा शोभितको एक्सन–कट

काठमाडौं । झन्डै १५ वर्ष अघि निर्माण भएको फिल्म ‘हामी तीन भाइ’ नयाँ भर्सनमा दर्शकमाझ आउने भएको छ । निर्देशक शोभित बस्नेतले निर्देशन गर्ने फिल्मका लागि कलाकार रुपमा जयकिशन बस्नेत फाइनल भइसकेका छन् भने बाँकी कलाकार छनोट चरणमा छन् ।

अघिल्लो फिल्म ‘हामी तीन भाइ’मा शिव रेग्मीको निर्देशन थियो । फिल्ममा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, झरना थापा, नन्दिता केसी र रेखा थापा प्रमुख भूमिकामा थिए ।

नयाँ भर्सनको ‘हामी तीन भाइ’ साजित महत प्रोडक्सन हाउसको व्यानरमा निर्माण हुनेछ । साजित महत प्रस्तुतकर्ता रहने फिल्ममा किशोर मानन्धरको द्वन्द्व, सुभाष भुषालको संगीत र शिव विक तथा विक्रम तामाङको कोरियोग्राफी हुनेछ । फिल्मको छायांकन तिहार पछि हुनेछ । निर्देशक शोभितका अनुसार फिल्म पारिवारिक कथामा बन्नेछ ।