काठमाडौं । बाढीपहिरोमा परेर घाइते भएकाहरुका निम्ति चलचित्र पत्रकार संघ, नेपालले रक्तदान गरेको छ । शनिबार संघले सामाजिक दुरी र सुरक्षाका साधन अपनाएर गरेको रक्तदानमा ४१ प्वाइन्ट रगत संकलन भएको थियो ।
करिब सयजनाको उपस्थितिमा सम्पन्न रक्तदानमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल अतिथिको रुपमा उपस्थित थिए । कोरोना महामारी कालमा पनि सामाजिक दुरी कायम गरेर संघले गरेको रक्तदान कार्यक्रमले राम्रो सन्देश दिने उनले बताए ।
अध्यक्ष दिनेश सिटौलाले कोरोना महामारीका बीचमा पनि राम्रो उपस्थितिका साथ रक्तदान सम्पन्न भएको जानकारी दिए । संघले आगामी दिनमा पनि यस्तै किसिमको सामाजिक हित हुने कार्यक्रमहरु तर्जुमा गर्दै जाने अध्यक्ष सिटौलाले बताए ।