रातो रातो सारीमा टिकटक गर्ल अकेशा

काठमाडौं । टिकटक गर्लका रुपमा परिचित अकेशा पोखरेलको अभिनय रहेको तीज गीत ‘रातो रातो सारी’ सार्वजनिक भएको छ । गीतमा राजन कार्की र मिना तिवारीको स्वर रहेको छ । राजन÷मिनाकै शब्द, राजनको संगीत र संगीत संयोजन र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सन्तोष पोखरेलको निर्देशन र डीएन राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा अकेशा पोखरेल, रोविन पोखरेल र स्मृति वस्नेतको अभिनय तथा नृत्य रहेको छ ।

मुकेश हुमागाईंको छायाँकन रहेको गीतको भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन् । गीतको भिडियो अकेशा पोखरेलको युट्युवमार्फत सार्वजनिक गरिएको छ ।