जहाज चढाउदै अमृत र मेलिना

काठमाडौं । गायक अमृत क्षेत्रीको नयाँ गीत ‘जहाजै चढेर’ को भिडियो सार्वजनिक भएको छ । परदेशीको पीडा समेटिएको गीतमा शब्द, संगीत अमृतकै रहेको छ ।

गीतको भिडियोमा दयाहाङ राई र केनिपा सिंह पहरीको अभिनय देख्न सकिन्छ । निकेश खड्काले निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ ।

सुरशाला स्टुडियोको प्रस्तुति रहेको गीतमा अमृतलाई गायनमा मेलिना राईले साथ दिएकी छन् ।