भैरब र शकुन्तलालाई पुरस्कार

काठमाडौं । भुवन चैत्य बसुन्धरा फाउण्डेसनले यस वर्षको हरिश भुवन चन्द पुरस्कार र चेतनारायण बसुन्धरा भुसाल पुरस्कार स्रष्टालाई प्रदान गरेको छ ।

पाँच दशक देखि नेपाली फिल्म र रंगमन्चमा अनवरत रूपमा कार्यरत विशिष्ट रंगकर्मी तथा चरित्र अभिनेत्री शकुन्तला शर्मालाई ‘चेतनारायण बसुन्धरा भुसाल पुरस्कार’ र ६ दशक भन्दा बढी समय देखि नेपाली रंगमन्च तथा नृत्य निर्देशनको क्षेत्रमा कार्यरत भैरबबहादुर थापालाई ‘हरिश भुवन चन्द पुरस्कार’ प्रदान गरिएको हो । दुबै पुरस्कारको राशी जनही ५१ हजार रहेको छ ।

कोभिड–१९को संक्रमण बढिरहेको अवस्था भएकाले पुरस्कार अर्पणको कार्यक्रम जमघट नगरी फाउण्डेसनका पदाधिकारी र केही सञ्चारकर्मीको उपस्थितिमा सम्पन्न गरिएको थियो । स्थापना बर्षको पुरस्कार गतवर्ष चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषलाई एकलाख त्रिपन्नहजार रूपैया अर्पण गरिएको थियो ।