सत्र विधामा १० फरक विश्व रेकर्ड

काठमाडौं । बाह्र अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर गत महिना मात्र गिनिज अफ वल्र्ड रेकर्ड राखेका गीतकार डा. डीआर उपाध्यायले फेरी १७ फरक विधामा विश्व कीर्तिमान कायम गरेका छन् । आइतबार राजधानीमा एक समारोहबीच सामाजिक दुरी कायम गर्दै डा. उपाध्यायलाई श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले यी १७ वटा विधामा विश्व रेकर्डको सर्टिफिकेट प्रदान गरेका छन् ।

उनले यसपटक १७ वटा विधामा एउटा मात्र हैन, १० वटा फरक फरक विश्व रेकर्ड कम्पनीबाट वल्र्ड रेकर्ड कायम गरेका हुन् । उनले अमेरिकन बुक अफ रेकर्ड, एशियन वल्र्ड रेकर्ड, च्याम्पिएन बुक अफ वल्र्ड रेकर्ड, द ब्रिटिस वल्र्ड रेकर्ड, वल्र्ड बुक अफ रेकर्ड युनाईटेड किङडम, युरोपियन रेकर्ड बुक, युआरएफ वल्र्ड रेकर्ड, एस्क्युसिभ वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम एशियन रेकर्डमा १७÷१७ विधामा एकसाथ वल्र्ड रेकर्ड बनाएका छन् । यी १० कम्पनीबाट उनले १७० वटा वल्र्ड रेकर्डको सर्टिफिकेट प्राप्त गरेका छन् ।

गीतकार उपाध्यायले व्यक्ति भन्दा पनि नेपाली गीतसंगीतलाई विश्व बजारमा पु¥याउँदै गिनिज, अमेरिकन वल्र्डबुक सहित सबै वल्र्ड रेकर्डमा नेपालका नाम लेखाउन आफुले यस्तो कार्य गरेको बताए ।

कार्यक्रममा डा. उपाध्ययको चार गीतिसंग्रह कर्तब्य बोध, धरोहर, सपनाको महल, हृदयको झंकार, संसारकै सानो गीति पुस्तक अनूभूतिको मझेरी पनि सार्वजनिक गरिएको थियो ।