अभिनयको विकल्प खोज्दै अमिताभ

मुम्बई(एजेन्सी) । कोरोना भाइरसले हरेकलाई कामबाट ब्रेक दिएको छ र यसले मानिसलाई ठूलो समस्या दिइरहेको छ । बलिउड उद्योगमा पनि कोरोनाको असर प्रत्यक्ष देखिएको छ । जसकारण कैयौं काम प्रभावित भएका छन् । यो समस्या अहिले बलिउडका महानायक अमिताभ बच्चनले भोगिरहेका छन् । उनले आफ्नो ब्लगमा यो चिन्तालाई व्यक्त गरेका छन् ।

‘यो विषयमा मेरो कुनै राय छैन कि कैयौं किसिमका समस्या र चिन्ता छन् । सरकारी अधिकारीहरुले त ६५ वर्ष भन्दा माथि उमेरका कोहीलाई पनि बाहिर ननिस्कन भनिसकेका छन् । म जस्तो मानिसको लागि त यो प्याकअप जस्तै हो’, उनले ब्लगमा लेखेका छन् ।

तर अमिताभले अदालतले ६५ वर्ष भन्दा माथिकालाई पनि सुटिङका लागि अनुमति दिए पछि खुशी व्यक्त गरेका छन् । उनले अदालत र कानूनी प्रक्रिया लामो समयसम्म जाने भएकाले आफ्ना फ्यानलाई कुनै अर्को काम उपलब्ध हुन्छ कि हुन्न भनेर सोधेका छन् ।