महात्मा गान्धीको चश्मा अनलाइन लिलामीमा

लण्डन(एजेन्सी) । ब्रिटेनमा हुन लागेको एक अनलाइन लिलामीमा एक जोडी चश्मा राखिएको छ । यो चश्मा महात्मा गान्धीले लगाएको दाबी गरिएको छ । यो चश्मालाई गान्धीले उपहारका रुपमा सन् १९०० को दशकमा दिएका थिए । यसको अनुमानित मूल्य १० हजार देखि १५ हजार पाउण्डबीचमा छ ।

दक्षिण–पश्चिमी इंग्ल्याण्डको उपनगर हनहमस्थित कम्पनी इस्ट ब्रिस्टल अक्सनले आइतबार उक्त चश्मा उनीहरुको डकपेटीको एक चिठीमा राखेका थिए । यसको पछाडि एउटा इतिहास रहेको कमैलाई मात्र थाहा छ । ‘यो चश्माको ठूलो एतिहासिक महत्व छ । विक्रेताले यसमा दिलचस्पी माने तर यसको मूल्य बताएनन् ।यहाँसम्मकी विक्रेताले यदि यो वस्तुको मूल्य छैन भने नष्ट गरिदिँदा हुन्छसम्म भने’, लिलामी कम्पनीका एन्डी स्टोवले भने, ‘जब हामीले चश्माको बतायौं, उनीहरु अचम्ममा परे । यो लिलामीको पनि एउटा सानदार कथा छ ।’

यो चश्माका लागि पहिला पनि ६ हजार पाउण्डको अनलाइन बोली लगाइएको थियो । इंग्ल्याण्डको यो अज्ञात बुजुर्ग विक्रेताको परिवारसँग यो चश्मा थियो । विक्रेताका पिताले उनलाई हजुरबुवा महात्मा गान्धीबाट उपहारको रुपमा पाएको बताएका थिए । त्यस समयमा ती विक्रेताका पिता सन् १९१० र १९३० को बीचमा दक्षिण अफ्रिकामा ब्रिटिस पेट्रोलियममा काम गर्थे ।

‘महात्मा गान्धीको निजी चश्माको जोडी’ शीर्षकमा आगामी अगष्ट २१ मा हुने यो अनलाइन लिलामीमा क्रेताहरुको विशेष चासो छ । भारतीय मानिसहरुले पनि यसमा चासो देखाएका छन् ।