अनामनगरमा मेसिनरी सेनिटाइजर बुथ

काठमाडौं । सिंहदरबार प्रवेश गर्ने पूर्वीगेट अर्थात् अनामनगर पूर्वी गेट अगाडि मंगलबारबाट मेसिनरी सेनिटाइजर सन्चालमा आएको छ । पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई मुल्यांकन गर्दै फिल्म वितरक, कलाकार तथा जागौ युवा अभियानका अध्यक्ष करण श्रेष्ठको पहलमा सेनिटाइजर बुथ राखिएको हो ।

बुथको उद्घाटन कलाकार तथा निर्माता दीपकराज गिरी, अनामनगर प्रहरी वृत्तका डिएसपी हरीबहादुर बस्नेत, गुण सिनेमाका सञ्चालक महेशप्रसाद किजु, जागौं युवा अभियानका अध्यक्ष करन श्रेष्ठ, पत्रकार विनोद चौलागाई र चलचित्र पत्रकार संघका महासचिव समिर बलामीले गरेका थिए ।

अध्यक्ष करणका अनुसार अनामनगरको बाटो भएर हिँड्ने बटुवाले उक्त बुथबाट हात सेनिटाइज गर्न सक्नेछन् । ‘आफू रहने ठाउँहरुमा सबैले यसको बुथको व्यवस्था गर्न सके मानिसको स्वास्थयमा ठूलो सहयोग पुग्थ्यो । हामीले आफ्नो निवास, कार्यस्थल, टोलमा यस्ता सेनिटाइजर बुथको स्थापना गर्न सक्यौं भने पनि जोखिमलाइ केही कम गर्न सक्छ’, करणले भने ।

जागौं युवा अभियानद्वारा अनामनगरमा वृक्षारोपणसँगै कोरोना भाइरसको जोखिम बढेसँगै मास्क वितरणको काम गरिरहेको छ ।