फ्यानलाई २० वर्षपछि अक्षयको जवाफ

मुम्बई(एजेन्सी) । बलिउड हस्तीहरुको कैयौं यस्ता फ्यान छन्, जो उनीहरुलाई निकै मनपराउँछन् । यी फ्यानहरु आफूलाई मनपर्ने अभिनेता, अभिनेत्रीसँग फोटो खिचाउन, अटोग्राफ लिन वा आजकल सामाजिक सन्जालमा जवाफ पाउनका लागि निकै मेहनत गर्छन् । यस्तै एउटा कथा बाहिर आएको छ, जुन कथा आफैंमा रोचक छ ।

देवाश्री नामका एक फ्यानले आफ्नो मनपर्ने कलाकारको जवाफ पाउनका लागि २० वर्षदेखि सामाजिक सन्जालमा पोस्ट लेखिरहेका थिए । यी फ्यान बलिउडका खेलाडी कुमार अर्थात् अक्षय कुमारका हुन् । अक्षयका यी फ्यान लामो समयदेखि अक्षयको जवाफ पर्खिरहेका थिए । पहिला उनी अक्षय कुमारलाई चिठी नै पठाउँथे । सामाजिक सन्जालको प्रयोग गर्न थालेपछि उनले अक्षय कुमारको एकाउन्टबाट उत्तर पाउनका लागि निरन्तर पोस्ट गरिरहे । ती व्यक्ति करिब २० वर्षदेखि यो काम गरिरहेका थिए । अक्षयले अहिले आएर ती फ्यानको जवाफ दिँदै उनको जन्मदिनको शुभकामना दिएका छन् ।

फ्यानले ‘प्रिय अक्षय कुमार सर, धेरै समय भइसकेको छ, करिब २० वर्ष । यो सबै तपाईंको घरको ठेगानामा चिठी लेख्नबाट शूरु भएको थियो । अहिले म तपाईंको कारण ट्वीटरमा छु । आशा छ कि तपाईंले मेरो प्रेमलाई सम्झँदै आज विस गर्नुहुनेछ । मेरो अनुहारमा मुस्कान दिनुहोस् । आज मेरो जन्मदिन हो’ भनी ट्वीट गरेका थिए ।

जबाफमा अक्षयले ‘तपाईंलाई जन्मदिनको धेरै शुभकामना देवश्री, तपाईंको सबै मनोकामना पुरा होस् । म आशा गर्छु कि तपाईंको अनुहारमा मुस्कान ल्याउनेछ । तपाईंका लागि जहिल्यै प्रेम र प्रार्थना’ भन्दै उत्तर दिएका छन् ।