कस्तो मास्क लगाउछन् बिल गेट्स?

न्यूयोर्क(एजेन्सी) । कोरोना भाइरसको महामारीका कारण मास्क लगाउनु अनिवार्य भएको छ । संक्रमणबाट बच्न मास्क नै उत्तम उपाय रहेको चिकित्सकहरु बताउँदै आएका छन् । सर्वसाधारणलाई धनी व्यक्तिहरु कस्ता किसिमका मास्क लगाउन मनपराउछन् भन्ने कुरामा चासो छ ।

माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले लगाउने मास्क कस्तो छ भन्ने चासो पनि पक्कै जनमानसमा छ । हालैको एक अन्तरवार्तामा बिलले आफूले लगाउने मास्कका विषयमा कुरा खोलेका छन् । ‘म एकदमै सामान्य किसिमको मास्क लगाउछु । मेरो मास्क सर्जिकल जस्तो देखिन्छ’, उनले भनेका छन्, ‘हुनसक्छ मैले डिजाइनर या क्रिएटिभ मास्कको प्रयोग गर्नुपर्ने हुन्छ ।’

कोरोना महामारीको समाप्तका विषयमा उनलाई सोधिएको प्रश्नमा गेट्सले भ्याक्सिनमा गरिएको प्रयोग अद्भुत र सानदार रहेकाले धनी मुलुकमा सन् २०२१ सम्म र विश्वभरी सन् २०२२ सम्ममा निर्मुल हुने दाबी गरे ।