डोनाल्ड ट्रम्पलाई भातृ शोक

न्यूयोर्क(एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको न्यूयोर्कको एक अस्पतालमा निधन भएको छ । राष्ट्रपति ट्रम्प शनिबार भाइलाई हेर्न अस्पताल पुगेका थिए ।

‘निकै दुःखका साथ म तपाईंहरुलाई यो कुरा भनिरहेको छु कि मेरो भाइ रोबर्ट ट्रम्पले गए राती अन्तिम सास लियो । उनी मेरो भाइ मात्र थिएनन्, एउटा मिल्ने साथी पनि थिए । म उनलाई कमी महशुस गरिरहेको छु । तर हामी फेरी भेट्नेछौं । उनको सम्झना जहिल्यै पनि मेरो हृदयमा रहिरहनेछ । रोबर्ट तिमीलाई प्रेम गर्छु, रेस्ट इन पिस’ ट्रम्पले लेखेका छन् ।

७२ वर्षे रोबर्ट राष्ट्रपति ट्रम्पभन्दा दुई वर्ष कान्छा थिए र उनी रियल स्टेटको कारोबारमा थिए । राष्ट्रपति ट्रम्प शुक्रबार न्यूयोर्कको कोर्नेल मेडिकल सेन्टरमा भाइलाई भेट्न गएका थिए । त्यसपछि सप्हान्तका लागि बेडबेडमिन्स्टर, न्यू जर्सीस्थित आफ्नो गल्फ क्लबमा गएका थिए । ट्रम्पका सहयोगका अनुसार उनी भाइको अन्तिम संस्कारमा सहभागी हुनेछन् ।