तीज गीतमा सासु बुहारीको जुहारी

काठमाडौं । तीजको अवसरमा नारीहरुले भोगेका पिडा र वेदनालाई समेटेर गायिका विनिता गुरुङ, गायक कुशल विश्वकर्मा, संजय परियार, मिलन थापा मगर र गीता गेढाल मगरको स्वरमा लोकदोहोरी गीत ‘मुख नचला नकटी’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा सासु बुहारीबिचको जुहारीलाई देखाइएको छ । आपसमा घरमा हुने फरक मत र विचारबाट उत्पन्न हुने द्वन्द्वलाई समेटिएको छ । रामु विरहीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

भिडियोमा जनकराज अधिकारीको छायांकन, अविनास डिसीको सम्पादन तथा रामु विरहीको निर्देशन छ । भिडियोमा रामु विरही, चन्द्र विडारी, चन्दनी क्षेत्री, रितिक क्षेत्री, नानु भण्डारीको अभिनय रहेको छ ।