वर्षासँग पलको दिल कमाल भयो

काठमाडौं । अभिनेता पल शाह र अभिनेता वर्षा राउत अभिनित ‘दिल कमाल भो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द संगीत तथा स्वर रमेश बानियाको छ । रोमान्टिक शैलीको गीतमा यम थापाको एरेन्ज छ ।

राजीव समरले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन तथा रंग, अर्जुन तिवारीको छायाँकन,आशिष पौडेलको ड्रेस समाबेश रहेको छ । गीतलाई बिहानी आर्टले बजारमा ल्याएको हो ।