वेब सिरिजमा ब्ल्याक मेल

काठमाडौं । हास्य टेलिशृंखला ‘ब्ल्याक मेल’ सार्वजनिक भएको छ । युथ क्रियशन युट्युब च्यानलबाट यो वेब सिरिज सार्वजनिक भएको हो ।

नारायणदत्त उपाध्याय र योगेन्द्र कार्कीको निर्देशन, छायांकन र सम्पादन रहेको ‘ब्ल्याक मेल’मा नारायण, योगेन्द्र, रोशन शर्मा, चन्द्रिका रावल, कृतिबहादुर सिंह, मीना जिसी, लेखराज पाण्डेलगायतका कलाकारको अभियन रहेको छ ।

युथ क्रिएसनका रमेश थापाले ‘ब्ल्याक मेल’ मा दर्शकलाई भरपूर्ण मनोरञ्जन प्रदान गर्ने कोशिस गरिएको र सबैले मन पराउनेमा आफूहरु आशावादी रहेको बताए ।