मेनुकाले ल्याइन् नौ डाँडा पारी

काठमाडौं । गायिका मेनुका राईको लोक आधुनिक गीत ‘नौ डाँडा पारी’को भिडियो सार्वजनिक भएको छ । परदेशमा धन कमाउने सपना बोकेर विदेश जाँदा आफ्नो परिवारलाई छोड्दाको पीडा गीतमा समावेश गरिएको छ ।

गीतमा अम्बर सुब्बाको शब्द, गिरिराज निरौलाको संगीत तथा राजु कार्कीको एरेन्ज छ । भावनात्मक रुपमा गीतमा प्रेमीप्रेमीकाबिचको माया र स्नेहलाई निकै कलात्मक र रचनात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

भिडियोमा समिर राईको छायांकन, नरोत्तम पाण्डेको सम्पादन तथा प्रियजन राईको निर्देशन छ । गीतमा गायिका मेनुका नै फिचर्ड छिन् ।