गान्धीको चस्मा २ करोडमा लिलामी

लण्डन(एजेन्सी) । ब्रिस्टलको एक लिलामी एजेन्सीले महात्मा गान्धीको चश्मा २ दशमलब ५५ करोड रुपैंयाँमा लिलाम गरेको छ । यो चस्मालाई अमेरिकाका एक कलेक्टरले खरिद गरेका हुन् । लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनले आफूलाई अगष्ट ३ मा यो चस्मा एक सादा खाममा भेटेको र त्यसलाई कोही व्यक्तिले छोडेको जनाएको छ ।

एजेन्सीका एन्ड्रयू स्टोले चस्मालाई १४ लाख भन्दा बढी मूल्यमा किन्ने ग्राहक आउनेमा आफू आशावादी रहेको बताएका थिए । जुन कम्पनीको इतिहासमा सबैभन्दा अहम लिलामी हुने उनको भनाइ थियो । यो चस्माका मालिक ब्रिस्टलका मैनगोट्सफील्डका बुर्जुगले लिलामीबाट आएको पैसा छोरीसँग बाडफाँड गर्ने बताए ।

‘करिब ५० वर्षसम्म चस्मा दराजमै बन्द थियो । यसलाई लिलाम गर्ने व्यक्तिले एकपटक मलाई आफूलाई चस्मा काम नलाग्ने भएपछि फ्याल्न लागेको बताएका थिए । अब यो चस्माका कारण उनले ठूलो रकम पाएका छन् । आशा छ, यसले उनको जिन्दगीमा परिवर्तन ल्याउनेछ’, उनले भनेका छन्, ‘चस्माका मालिक बुजुर्ग व्यक्तिका लागि यो लिलामी राम्रो कुरा हा । किनकी सायद उनी हाल निकै संकटग्रस्त अवस्थामा गुज्रिरहेका छन् । यो पैसाले उनलाई ठूलो सहयोग पुर्याउनेछ ।’

ती बुजुर्गले आफूलाई काकाले दक्षिण अफ्रिकामा काम गर्दा चस्मा दिएको बताएका छन् । यो सन् १९१० देखि १९३० बीचको समय थियो ।