जो पुनर्स्थापना केन्द्रमा बसे

मुम्बई(एजेन्सी) । फिल्मी दुनियाँको अग्रभागमा जति उज्यालो र खुशी देखिन्छ, यसको पछाडिको भाग उत्तिकै अध्यारो हुन्छ । यहाँ सफलता पनि जति गाह्रो छ, त्यो सफलतालाई टिकाई राख्न झनै गाह्रो छ । यस्ता कैयौं फिल्मी कलाकार छन्, जो कामको दबाबका बीच निजी कारणले भयंकर दुव्र्यसनमा फसेका छन् । जसले आफूलाई स्वस्थ बनाउन रिह्याब सेन्टरमै बसे ।

भारतीय कमेडी स्टार कपिल शर्मा कुनै समय लागु मदिराको आदतमा परेका थिए । मदिराकै कारण अभिनेता सुनिल ग्रोबरसँग भएको झगडा कपिलको चम्किलो करियरमा एउटा दाग बन्यो । यो घटनापछि उनी मदिराको लत छुटाउनका लागि उनी पुनस्र्थापना केन्द्रको शरणमा पुगेका थिए । त्यहाँबाट स्वस्थ भएर फर्किएपछि उनको जिन्दगीले पुनः ट्रयाक समातेको थियो ।

‘मकडी’ फेम श्वेताप्रसाद बसु एक प्रतिभावान अभिनेतासँगै दुव्र्यसनको आदत भइसकेको व्यक्ति हुन् । उनलाई हैदराबाद प्रहरीले यौनकर्मी गिरोहका साथ पक्राउ गरेको थियो । यो घटनाबाट उनलाई मदिरा र लागु औषधको आदत रहेको बाहिर आएको थियो । यसपछि उनलाई सरकारी पुनस्र्थापना केन्द्रमा भर्ना गरिएको थियो । प्रख्यात र्यापर र बलिउड गायक योयो हनी सिंह पनि पूर्ण रुपमा दुव्र्यसनको लतमा फसेका थिए । जसकारण उनी करिब एक वर्ष बलिउडबाट टाढिए । यो बीचमा उनले नशाको आदतबाट छुट्कारा पाउनका लागि पुनस्र्थापना केन्द्रको सहारा लिए ।

बलिउडकी सुन्दरी अभिनेत्री मनिषा कोइराला पनि नशाको आदतमा थिइन् । उनी यति नशा प्रयोग गर्थिइन् कि त्यसको असर उनको शीरदेखि हुँदै पछिल्लोपटक क्यान्सरसम्म देखियो । उनले केही समय पुनस्र्थापना केन्द्रमा पनि बस्नु परेको थियो । उनी हाल क्यान्सरबाट मुक्त छिन् । अभिनेता राज बब्बरका छोरा तथा अभिनेता प्रतिक बब्बर पनि पूर्ण रुपमा नशाको लतमा थिए । यो आदतबाट छुटकारा पाउनका लागि प्रतीकले पुनस्र्थापना केन्द्रको सहारा लिनु पर्यो ।

अभिनेता फिरोज खानका छोरा फरदीन खान पनि भयंकर नशाको लतमा थिए । फिल्म लगातार फ्लप हुन थालेपछि त्यसको असर उनको मानसिक अवस्थामा पर्यो । यो उपायबाट मुक्त हुनका लागि उनले पनि नशाको सहारा लिए । सन् २००१ मा उनलाई अवैध पदार्थका साथ प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनलाई पुनस्र्थापना केन्द्रमा लगिएको थियो । फिल्म अभिनेता सञ्जय दत्तको नशा आदत र लागु औषधको लत कोहीमाझ लुकेको छैन । उनको जीवनमा आधारित फिल्म ‘सन्जु’मा पनि यी सबै कुराको जानकारी गराइएको छ ।