बीग बोसका प्रतिष्पर्धीलाई क्वारेन्टाइन अनिवार्य

मुम्बई(एजेन्सी) । भारतीय चर्चित टेलिभिजन रियालिटी शो ‘बीग बोस १४’ यही सेप्टेम्बरबाट शुरु हुँदैछ । यो शो वर्षकै प्रतिक्षिति शो हो । अघिल्ला संस्करणका शोमा यसका दर्शक र फ्यान उल्लेख्य थिए । शोका सञ्चालक अभिनेता सलमान खानले शोको प्रोमोको छायांकन शुरु गरिसकेका छन् । एक प्रोमो रिलिज भइसकेको छ ।

यसपटकको शोको थिम लकडाउन रहेको छ । समाचार अनुसार शोमा सहभागी हुने प्रतिष्पर्धीले शोमा आउनु अघि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । क्वारेन्टाइनमा बसेपछि रिपोर्ट नेगेटिभ आएकाले मात्र शोमा सहभागिता जनाउन पाउनेछ । जसका लागि निर्माताले आइसोलेसन सेन्टरको पनि व्यवस्था गरेका छन् ।

शोका लागि करण कुन्द्रा, निआ शर्मा, भिभियन डीसेना, सुरबी ज्योति, जस्मिन भासिन, अलिसा पान्वर, पवित्रा पुनिआ र मान्सी श्रीवास्तवलाई प्रस्ताव गरिएको छ ।