हुन्न हुन्न विजेतालाई १० हजार पुरस्कार

काठमाडौं । रियालिटी शो नेपाल आइडल सिजन १ विजेता गायक बुद्ध लामा र हाल नेपाल आइडल सिजन ३ मा फाइनल ३ मा रहेकी प्रतिस्पर्धी सज्जा चौलागाईको स्वरमा रहेको गीत ‘हुन्न हुन्न हुँदै हुन्न’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोमान्टिक फ्लेभरको गीतमा रमेश दहालको शब्द र टीका दाहालको संगीत छ । गीतमा राहुल प्रधानको एरेन्ज छ । भिडियोमा गायक बुद्द लामा र नायिका मलिका महत फिचर्ड छन् ।

सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको कलरिङ र सम्पादन तथा गम्भीर विष्टको निर्देशन छ । भिडियो रिलिजसँगै निर्माण टिमले टिकटक प्रतियोगिताको घोषणा गरेको छ । गीतको कुनै भागको डोयट टिकटक बनाएर सहभागी भएमा उत्कृष्ट २ जनाले प्रस्तुतिको आधारमा १० र १० हजार पुरस्करा दिइनेछ ।