अमेरिकी गीतकार जस्टिनको निधन

लसएन्जल्स(एजेन्सी) । अमेरिकाका प्रख्यात गीतकार जस्टिन टाउन्स अर्लको आकस्मिक निधन भएको छ । ३८ वर्षका उनको निधन भएको परिवारले इन्स्टाग्राम र फेसबुकमार्फत जानकारी दिएको छ ।

‘हामी निकै दुःखका साथ यो सूचित गर्दछौं कि हाम्रा छोरा, पति, पिता र साथी जस्टिनको निधन भएको छ । तपाईंहरु कैयौं उनको संगीत र गीतसँग जोडिनु भयो । हामीलाई आशा छ कि उनको संगीत तपाईंलाई बाटो देखाउन मद्दत गर्नेछ । तिमीलाई धेरै सम्झिने छौं जस्टिन’, उनको परिवारले लेखेको छ ।

परिवारका अनुसार जस्टिनको के कारणले निधन भयो भन्ने केही जानकारीमा आएको छैन । नैशविलेमा जन्मिएका अर्लले आफ्नो करियरको शुरुवात स्थानीय व्याण्डबाट गरेका थिए । उनले आफ्नो करियरमा आठ एल्बम बनाए ।

अर्ल जीवनभर नशालु पदार्थ र मदिराको लतसँग जोडिए । यही कारण उनलाई पिता स्टीव अर्लले व्याण्डबाट निकालिदिएका थिए ।