मानस राजको उठ्ने चाहना

काठमाडौं । गायक मानस राजको स्वर रहेको गीत ‘उठ्न देऊ’ को भिडियो सार्वजनिक भएको छ । ‘भाइरल भैदियो’, ‘मै हुँ हिरो’ र ‘दिलको ट्रेण्डिङ’ जस्ता गीत ल्याएका मानसले ‘उठ्न देऊ’मा कुलतमा फसेको एक युवाको कथालाई प्रस्तुत गरेका छन् ।

भिडियोमा सञ्जीव क्षेत्री, क्रिभिशेष खड्का, संगीता थापा, रोजन बराइली र प्रविन तामाङ वाइबा फिचर्ड छन् । एक युवाले बाल्यकालदेखि नै कुलतमा फसेर भोग्नु परेको दुःख पीडा, सामाजिक बहिस्कारलाई भिडियोमा देखाइएको छ ।

गीतमा मनिस वशिष्ठको शब्द तथा गायक मानसको संगीत र प्रदिप जोशीको एरेन्ज छ । भिडियोमा रिक्की कर्माचार्यको छायांकन तथा सम्पादन र मानस राजकै निर्देशन छ । भिडियोका सहायक निर्देशक प्रभाकर न्यौपाने हुन् ।