टेस्ट क्रिकेटमा जेम्सको विकेट रेकर्ड

लण्डन(एजेन्सी) । इंग्ल्याण्डका दिग्गज तेज बलर जेम्स एण्डरसनले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा ६ सय विकेट लिने पहिलो बलरको रेकर्ड बनाएका छन् । यसअघि यो रेकर्ड मुथैया मुरलीधरन, शेन वार्न र अनिल कुम्बलेको नाममा थियो ।

जेम्सले यो रेकर्डको सफलता पाकिस्तानका विरुद्ध साउथेम्पटनमा तेस्रो र अन्तिम टेस्टमा पाएका हुन् । मंगलबार तेस्रो टेस्टको पाँचौं दिन थियो । जब उनले पाकिस्तानी कप्तान अजहर अलीको विकेट लिएर ६ सय विकेटको रेकर्ड बनाए ।

जेम्सको उपलब्धिमा उनलाई सामाजिक सन्जालमा बधाईको ओइरो लागेको छ । आइसीसीले पनि उनलाई ट्वीटरमार्फत बधाई दिएको छ । जेम्सले जिम्बावेका विरुद्ध आफ्नो पहिलो अन्तर्राष्ट्रिय टेस्ट म्याच खेलेका थिए ।

सन् २०१८ मा उनी सबैभन्दा धेरै टेस्ट विकेट लिने पहिलो बलर भएका थिए । उनले अष्ट्रेलियाका दिग्गज बलर ग्लेन मेग्राको ५ सय ६३ विकेटको रेकर्ड तोडेका थिए । पाकिस्तानको विरुद्ध सिरिजको शुरुवातको पहिलो खेलमा जेम्सको प्रदर्शनमा प्रश्न उठेको थियो । यो बेला उनले सन्यास लिनसक्ने बताइए पनि त्यो कुरालाई उनले अफवाह भन्दै आएका थिए ।