प्रोजेक्ट बाजाको लाखे धुन

काठमाडौं । प्रोजेक्ट बाजा नेपालको प्रस्तुतिमा ‘लाखे’ धुन सार्वजनिक भएको छ । नेपालमा भएको मौलिक धुन, भाषा संस्कृतिलाई जगेर्ना गर्न प्रोजेक्ट बाजा नेपालले विभिन्न मौलिक धुनहरु प्रस्तुत गर्दै आएको छ । प्रोजेक्ट बाजा सन् २०१८ मा स्थापना भएको हो ।

लाखे धुनलाई सुरेशराज बज्राचार्य र बिपु श्रेष्ठले संकलन गरेका हुन् भने फिरोज बज्राचार्य र सुरेशराज बज्राचार्यले संगीत संयोजन गरेका छन् । भिडियोमा जनकराज अधिकारी, सुजित नापित र ओभासो शाक्यको छायांकन र ओभासो शाक्यको निर्देशन छ ।