सुरेन्द्रको पानी छल्कालेमा नम्रता

काठमाडौं । विगत डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गीतकार, गायक तथा मोडल सुरेन्द्र लामिछानेको नयाँ गीत ‘पानी छल्काले’को भिडियो सार्वजनिक भएको छ । गायिका समिक्षा अधिकारी र गायक प्रसाद लामिछानेको स्वर रहेको गीतमा सुरेन्द्रकै शब्द तथा प्रसाद लामिछानेको संगीत छ ।

भिडियोमा नायिका नम्रता सापकोटा, सुरेन्द्र लामिछाने, प्रल्हाद सुवेदीको अभिनय छ । गीतमा प्रसाद लामिछानेको संगित, अजय रेग्मीको छायांकन, प्रविण भट्टको सम्पादन र कुमार केसीको निर्देशन रहेको छ ।

सुरेन्द्रले कोरोना भाइरसका कारणले आक्रान्त भईरहेका बेला श्रोता, दर्शकहरुमा केही खुशी मिलोस् भनेर गीत तयार पारिएको बताए । ‘कोरोनाका कारण आफ्नो मान्छेबाट टाढा रहेकाहरुले मन भुलाउन सकन भन्ने आशय हो’, उनले भने ।