शाहरुखको फिल्ममा आलियाको इन्ट्री

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री आलिया भट्टले सन् २०१६ एक सम्झनलायक फिल्म ‘डियर जिन्दगी’मा अभिनय गरे । यो फिल्ममा शाहरुखले एक परामर्शदाताको भूमिका निभाएका थिए । जबकी आलिया एक फ्यानको सहयोगको लागि एक कार्डको सहायता लिइरहेकी थिइन् । यो फिल्म पछि दर्शकहरु पुनः शाहरुख र आलियालाई एकसाथ हेर्न चाहेका थिए ।

यही बीचमा एउटा सुखद खबर दर्शकका लागि आएको छ । आलिया अभिनेता शाहरुखले निर्माण गर्न लागेको एक फिल्ममा देखिँदैछिन् । शाहरुखको प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेनमेन्टले महिलाको नेतृत्ववाला कमेडी फिल्म निर्माणको तयारी गरेको छ । फिल्मको स्क्रिप्टको पहिलो न्यारेसन आलियाबाहेक अन्य कसैलाई पनि गरिएको छैन ।

आलियाले पनि फिल्मको स्क्रिप्ट मनपराएकी छन् र प्रोजेक्टका लागि उत्सुक छिन् । आलिया फिल्मको अन्तिम स्क्रिप्ट सुन्नका लागि प्रतिक्षारत छिन् । उनलाई चाँडै नै शाहरुखको प्रोडक्सन हाउसले फिल्ममा अनुबन्धका लागि उनलाई फोन गर्नेछ ।

‘रेड चिलीज इन्टरटेनमेन्टको रोष्टरमा कैयौं प्रोजेक्टमध्ये एक महिला नेतृत्ववाला कमिक ड्रामा पनि छ । न्यारेसनको पहिलो चरण आलियासँग भएको छ । जसले विषयवस्तुमा रुची देखाएकी छन् । उनी आउने महिनासम्ममा अन्तिम स्क्रिप्ट सुन्नेछिन् । निर्माताले पहिले नै को निर्देशक राख्ने भनेर मान्छे हेरिसकेका छन् । आगामी वर्षको शुरुवातमा फिल्म फ्लोरमा जाने सम्भावना छ’, फिल्म सम्बद्ध स्रोतले भनेको छ । आलिया फिल्म ‘सडक २’मा आदित्य रोय कपूर, पूजा भट्ट र सञ्ज्य दत्तका साथ देखिँदैछिन् ।