अल्लूको अल वैकुण्ठपुरमलोको यस्तो रेकर्ड

मुम्बई(एजेन्सी) । दक्षिण भारतीय फिल्म स्टार अल्लू अर्जुन तेलुगू फिल्म उद्योगको आकर्षक फिल्म स्टारका रुपमा चिनिन्छन् । अल्लूको यसै वर्षको जनवरीमा रिलिज फिल्म ‘अल वैकुण्ठपुरमलो’ले ब्लकब्लष्टर आम्दानी गरेको थियो । यो फिल्म ‘बाहुबली’ पछि सबैभन्दा बढी कमाई गर्ने दक्षिण भारतीय फिल्म बनेको छ । यो फिल्म प्रति दर्शकको यस्तो क्रेज छ कि यसले अर्को रेकर्ड पनि तोडेको छ । यो फिल्म टेलिभिजन टीआरपी लिष्टमा अग्रस्थानमा आएको छ ।

फिल्मले थिएटर र ओटीटी पछि टेलिभिजनमा पनि तहल्का मच्चाएको छ । भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर तेलुगु क्षेत्रमा रिलिज फिल्मले २९ दशमलब ४ रेटिङ पाएको छ । कुनै पनि तेलुगु फिल्मले अहिलेसम्म पाएको सबैभन्दा उच्च रेटिङ हो ।

फिल्म निर्माण कम्पनी गीता आर्टस्ले ट्वीटरमा यो कुराको जानकारी दिएको छ । ‘थिएटरमा रिलिजको ७ महिना पछि र ओटीटीमा रिलिजको ६ महिना पछि अल वैंकुठपुरमलोको हालसम्मकै सबैभन्दा उच्च टीआरपी २९ दशमलब ४ रेटिङ भएको छ । यस किसिमको अभूतपूर्व प्रतिक्रिया र प्रेमका लागि धन्यवाद’, ट्वीटरमा ट्वीट छ ।

यो फिल्मको हिन्दी रिमेकको तयारी भइरहेको छ । फिल्मको हिन्दी रिमेकका अल्लुको भूमिकामा कार्तिक आर्यनले अभिनय गर्ने चर्चा चलेको छ ।