उड्ने कारको सफल परीक्षण

टोकियो(एजेन्सी) । हलिउड अभिनेता रोबिन विलियम्सको सन् १९९७ को फिल्म ‘फ्लबर’मा उड्ने कारको एक दृश्य छ । दशकौंदेखि मानिसको एउटा सपना थियो कि जसरी एउटा कार सजिलै सडकमा गुड्छ, त्यसरी नै कार आकाशमा पनि सजिलै उडोस् ।

तर अब यो सपना पुरा हुने भएको छ । किनकी लामो समयसम्म सडकमा जामको समस्या भोगिरहेका मानिसका लागि लक्षित गर्दै जापानले उड्ने कारको निर्माण गरेको छ । जुन कारको सफल परीक्षणसमेत भएको छ ।  जापानको स्काईड्राइभ इंकले एक व्यक्तिका साथ आफ्नो उड्नेवाला कारको सफल परीक्षण गरेको हो । कम्पनीले यसको एक भिडियो पनि बनाएको छ, जसमा एक मोटरसाइकल जस्तो देखिने वाहनमा रहेको प्रणेदले कारलाई जमिनबाट केही फूट(एक देखि दुई मिटर)को उचाईमा उडाएको छ । यो मोटरसाइकल एक निश्चित क्षेत्रमा चार मिनेटसम्म हावामा अडिएको थियो ।

स्काइड्राइवको यो परियोजनाका प्रमुख तोमोहिरो फुकुजावाले सन् २०२३ सम्म उड्नेवाला कारको वास्तविक उत्पादन शुरु हुने आशा व्यक्त गरेका छन् । उनले यो कारलाई सुरक्षित बनाउन चुनौतीपूर्ण रहेको स्वीकारेका छन् । ‘विश्वभरमा उड्नेवाला कारलाई लिएर सय भन्दा बढी परियोजना चलिरहेका छन् । यसमा त्यस्ता केही यस्ता परियोजना छन्, जो एक व्यक्तिलाई लिएर उडान भर्न सफल भइसकेको छ’, फुकुजावा भन्छन्, ‘मलाई आशा छ कि कैयौं मानिसहरु यसलाई चलाउन चाहन्छन् र सुरक्षित महशुस गर्न चाहन्छन् ।’ उनका अनुसार अहिले यो कार ५ देखि १० मिनेटसम्म उड्न सक्छ । तर यसको उडान समयलाई बढाएर ३० मिनेटसम्म पुर्याउन सकिन्छ । यसमा कैयौं सम्भावना छ र यसलाई चीन जस्तो देशमा निर्यात गर्न पनि सकिने उनको बुझाई छ ।

स्काईड्राइव परियोजनामाथि सन् २०१२ मा एक स्वेच्छिक परियोजनाका रुपमा काम शूरु गरिएको थियो । यो परियोजनालाई जापानको प्रमुख कम्पनी टोयोटा मोटर कर्प, इलेक्ट्रोनिक कम्पनी पानासोनिक कर्प र भिडियो गेम कम्पनी नेमकोले आर्थिक सहयोग गरेको थियो । तीन वर्ष अघि पनि यो कारको एक परीक्षण गरिए पनि त्यो समयमा असफल भएको थियो । सन् १९६२ मा बालबालिकाको एनिमेटेड कार्यक्रम ‘द जेटसन्स’मा पनि भविष्यमा उड्नेवाला कारको परिकल्पना राखिएको थियो ।