बाढीपीडितलाई घर बनाइदिदै सलमान

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान कोही कसैलाई सहयोग गर्ने मामलामा अग्रणी छन् । कोरोना भाइरसको महामारीका कारण बेरोजगार बनेका फिल्मकर्मीदेखि मजदुरलाई उनले नगदसँगै अत्यावश्यक सामान सहयोग गरेका थिए । यही परिप्रेक्ष्यमा सलमानले गत फेब्रुअरीमा महाराष्ट्रको खिद्रापुर गाउँमा घर बनाउने गरेको वाचालाई पुरा गरेका छन् ।

गत फेब्रुअरीमा सलमानले एक कम्पनीको सहयोगले गाउँको मानिसको घर बनाउने वाचा गरेका थिए । जसको घर सन् २०१९ मा आएको बाढीले भत्काएको थियो । त्यही समयमा सलमानले आफ्नो इन्स्टाग्राममा यो कुराको जानकारी दिएका थिए । ‘म महाराष्ट्रको कोल्हापुर जिल्लाको बाढी प्रभावित खिद्रापुर गाउँको जिम्मा लिएर इमान्दारितापूर्वक काम गरेकाले इलान समूहलाई शुभकामना दिन चाहन्छु’, उनले इन्स्टाग्राममा लेखेका थिए ।

सलमानको पहलले यो गाउँका मानिसहरु घर बनाउने काम शूरु गरिसकेका छन् । हालैमात्र महाराष्ट्रका क्याबिनेट मन्त्री राजेन्द्र पाटिलले पनि यो कुराको जानकारी दिएका थिए । मन्त्री पाटिलका अनुसार ७० प्रभावितको घर बनाउने काम शूरु भएको छ । उनले सलमानलाई धन्यवाद दिँदै भूमि पुजनको तस्बिर पनि राखेका छन् ।

यो कामका लागि राज्य सरकारले ९५ हजार रुपैंयाँ दिएको छ । बाँकी खर्च सलमान खान र एलान फाउण्डेसनले व्यहोर्नेछ । सलमान र फाउण्डेसनले २ सय ५० स्क्वायर फिटको घर बनाएर बाढी पीडितलाई दिनेछ ।