काठमाडौं । भर्सटायल गायक राजेशपायल राईको स्वर रहेको ‘खै के भयो’ बोलको गति सार्वजनिक भएको छ । रमेश मगरको शब्द र संगीतमा तयार भएको गीत सन्तोष डुमी अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा आफूले मन पराएको सबै कुरा पाउन सकिन्न भन्ने सन्देश दिइएको छ ।
वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा बसोवास गर्दै आएका गीतकार रमेश मगरले ‘सुस्त हावा’, ‘नसम्झाउ अतितका ति तिता पल’ लगायतका गीतमा शब्द र संगीत दिईसकेका छन् । गीतमा राजु कार्कीको एरेन्ज छ ।
प्रांकस्टार एलिस राई, नग्मा श्रेष्ठ, निनाहाङ राई अभिनित गीतको भिडियोमा धन खालिङ र श्री थापाको छायांकन र धन खालिङको सम्पादन छ । भिडियोमा सन्तोष डुमीको निर्देशन र किसन भुषालको कोरियोग्राफी छ ।