लोकदोहोरीमा किरण र स्मृतिको साइली

काठमाडौं । गायक किरण गौतमको लोकदोहोरी गीत ‘साइली’ सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको गीतमा किरणको शब्द तथा संगीत छ । गीतमा किरणलाई स्मृति गौतमले साथ दिएकी भने कुमार सानु पुन, सावित्री नेपाली र बिशाषा गिरिको पाश्र्व स्वर छ । शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ र मास्टरिङ कुमार सानू पुनको रहेको छ ।

भिडियोमा सरोज दाहाल, आयुष्मा कार्की, पुजन धिताल, सनम सुवाल, भक्त दाहाल, अजय खत्री, कुशल महत, रेनुका हुमागाई र सुस्मा सुन्दासको अभिनय रहेको छ ।

भिडियोमा प्रभावन जेको निर्देशन, ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन, नवीन भट्टको सहायक निर्देशक, राजाराम गौतमको कास्टिङ निर्देशन, उत्पादन नियन्त्रक श्याम धिताल, व्यवस्थापक विवेक चौलागाई, सम्पादन र कलर डिनसन शाह र श्रृगार अनिता ग्वाछाको रहेको छ ।