के को बदलामा नविन के

काठमाडौं । गायक नविन के भट्टराईको पछिल्लो एलबम ‘३७’ बाट ‘के को बदलामा’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा नविनसँगै विवेक आचार्य र शरदराज मैनालीको पनि स्वर रहेको छ । गीतमा प्रदिप मानन्धर तथा शरदराज मैनालीको शब्द तथा संगीत र सुदिपविक्रम थापाको संगीत संयोजन छ ।

अमेरिकामा छायांकन गरिएको भिडियो वे प्रोडक्सनअन्तर्गत अतुल कार्कीले बनाएका हुन् । भिडियोमा सफलजंग केसी, भलेरी मोरिनो र रिदम कार्की फिचर्ड छन् ।

भिडियो फुर्सद टिभी नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीति संग्रह ‘३७’ लाइ न्यु एज म्युजिकले बजारमा ल्याएको हो ।