दश दिनको अन्तरमा गौरवले गुमाए आमाबुबा

मुम्बई(एजेन्सी) । टेलिभिजन अभिनेता गौरव चोपडाको जीवनमा साता दिनमै दुई दुःखद घटना भएको छ । अभिनेताकी आमाको निधनको करिब १० दिन पछि उनका पिताको पनि निधन भएको छ ।

समाचार अनुसार अभिनेताका पितालाई कोरोना संक्रमण भएपछि दिल्लीको एक अस्पतालमा उनको उपचार भइरहेको थियो । यसअघि उनको आमाको क्यान्सर रोगका कारण निधन भएको थियो । अस्पतालले आमालाई पनि कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

अभिनेताले इन्स्टाग्राममा पिताको तस्बिर राख्दै एक भावुक सन्देश लेखेर निधनको जानकारी दिएका छन् । उनले १० दिनको अन्तरमा आमाबाबु गुमाउनु पर्दाको पीडादायी क्षण सम्झिएका छन् । ‘श्री स्वतन्त्र चोपडा, मेरो हिरो, मेरो आइडल, मेरो प्रेरणा । मेरो पिता मेरा लागि विशेष हुनुहुन्थ्यो । मेरो जीवनमा पिताको भूमिका महत्वपूर्ण थियो’, उनले लेखेका छन्, ‘मेरी आमाले हामीबाट १९ तारिखमा बिदा लिनुभयो । पिताले २९ तारिखमा लिनुभयो । १० दिनमा दुवै गए । एक खालीपन जिन्दगीमा आएको छ । जुन कहिल्यै पुरा हुँदैन ।’

केही समय अघि मात्र अभिनेताले एक अन्तरवार्तामा आफ्नो आमाबुवालाई कोरोना पोजेटिभ देखिएको बताएका थिए । त्यसपछि उनले एक फोटो पनि शेयर गर्दै चाँडै ठिक हुने आशा व्यक्त गरेका थिए ।