रेकर्डिङ स्टुडियोमा शाहरुखको यस्तो हर्कत

मुम्बई(एजेन्सी) । फिल्मसँग जोडिएका केही किस्सा मानिसका लागि सधैं सम्झनालायक रहन्छ । हालैमात्र संगीतकार जतिन–ललितले एक टेलिभिजन शोमा यस्तै किसिमको एक किस्सा सुनाए । फिल्म ‘फिर भी दिल है हिन्दुस्तानी’को काम गरिरहँदा उनीहरु सही धुन बनाएन चिन्तित भइरहेका थिए ।

फिल्मका अभिनेता शाहरुख खान पनि यो फिल्मलाई लिएर धेरै उत्साहित थिए । त्यो समयमा शाहरुखले यी दुई संगीतकारलाई फिल्मको शीर्ष गीतको संगीत सिर्जना नहुन्जेलसम्मका लागि स्टुडियोमा थुनेर राखेका थिए । ‘यो फिल्मको संगीतमा काम गर्दा धेरै अवरोध आएका थिए । यस्तो धुन बनाउन निकै गाह्रो काम थियो । जुन धुनले दर्शकलाई झुमाउन बाध्य बनाओस् । मलाई शाहरुख खानसँग काम गर्न राम्रो लाग्छ किनकी उनी आप्mनो काम प्रति समर्पित हुन्छन् । उनी टिमका अन्य सदस्यबाट पनि रचनात्मक कुरा बाहिर आओस् भन्ने चाहन्छन्’, संगीतकार ललित पण्डितले भनेका छन् ।

यो फिल्मको गीत बनाउदा गीतकार जावेद अख्तरले पनि यस्तो गीतको संगीत बनाउन निकै चुनौतीपूर्ण हुने बताएका थिए । तर शाहरुख र अभिनेत्री जुही चावला यो कुरा मान्न तयार भएनन् । ‘त्यसपछि हामीले एक रातमा गीतको मुखौडा तयार पार्यौ । जुन यो गीतको सबैभन्दा महत्वपूर्ण हिस्सा थियो । यसपछि पूर्ण गीत आरामले तयार भयो ।’ उनले भनेका छन् ।