गर्भवती बन्दै दिलजीत !

मुम्बई(एजेन्सी) । अभिनेता तथा गायक दिलजीत दोसांझ वास्तविक जीवनदेखि लिएर फिल्मी पर्दामा पनि आफ्नो दमदार प्रभाव छोड्छन् । उनको एउटा विशेषता के छ भने कुनै पनि नयाँ चुनौतीबाट उनी भाग्दैनन् र त्यसलाई पुरा गरेरै छाड्छन् । यी अभिनेता आगामी एउटा फिल्ममा यस्तो भूमिका निभाउदैछन्, जुन भूमिका दर्शकका लागि रुचीकर हुनेछ । उनको भूमिका सायदै त फिल्म उद्योगमा कमैले देखेका होलान् ।

दिलजीत चाँडै फिल्म ‘सुरमा’का निर्देशक शाद अलीका साथ एकपटक पुनः फिल्ममा देखिँदैछन् । फिल्ममा दिलजीत गर्भवती पुरुषको भूमिकामा देखिनेछन् । फिल्ममा उनले यामी गौतमसँग रोमान्स गर्नेछन् । दिलजीत र यामीले एकसाथ फिल्म गरेको यो पहिलो हुनेछ । फिल्म पारिवारिक कथाको हुनेछ, जुन एक पन्जाबी परिवारको वरपर घुम्नेछ । दिलजीत भारत फर्किनासाथ फिल्मको काम शुरु हुनेछ ।

त्यसो त दिलजीत यसअघि गर्भवतीको कथामा आधारित फिल्म ‘गुड न्यूज’मा देखिएका थिए । फिल्ममा अक्षय कुमार, कियारा आडवाणी, करिना कपूरको पनि अभिनय थियो । फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो ।