क्वालालम्पूर(एजेन्सी) । मलेशियामा एक कुकुरलाई सुन्तले र कालो कलरको रंग लगाएर बाघ जस्तो बनाएपछि पशुप्रेमी र अधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन् । पर्सटुआन हाईवान मलेशिया र मलेशियन एनिमल एसोसिएसनले कुकुरको तस्बिर फेसबुकमा राख्दै उक्त कुकुरलाई रंग्याउनेलाई पक्राउको माग गरेका छन् ।
एनिमल राइट ग्रुपले कुकुरलाई रंगीन बनाउने जिम्मेवार व्यक्तिको ट्रयाक गर्नका लागि उनको बारे जानकारी दिन आम मानिसलाई अपिल गरेको छ । जनावरलाई यसरी पेन्ट गर्ने कार्यको समय–समयमा विरोध हुँदै आएको छ । यो कार्यको विरोध गर्नेहरुले जनावरमा प्रयोग गरिएको पेन्ट विषाक्त र सम्भावित रुपले हानिकारक हुनसक्ने दाबी गरेका छन् ।
एनिमल राइटस ग्रुपले कुकुरको चार फोटो शेयर गर्दै ‘पशुको सहयोगका लागि मलेशियाको पहिचान गर्नुपर्यो र यो कुकुर कसको हो भन्ने पनि थाहा हुनुपर्यो’ भन्दै लेखेको छ । तस्बिरमा कुकुर एक पहिचान नखुलेको सहरमा कुकुर घुम्दै गरेको देखिन्छ । उसको शरीरमा सुन्तले रंगसँगै कालो रंग पनि पोतिएको छ ।
कुकुरको तस्बिर सामाजिक सन्जालमा भाइरल भइरहेको छ । फेसबुकमा यो तस्बिरलाई तीन हजार भन्दा बढी पटक शेयर गरिएको छ ।