काठमाडौं । गायक प्रमोद खरेल र गायिका सृष्टि हिङमाङको स्वरमा रहेको गीत ‘सुकुटी’को भिडियो सार्वजनिक भएको छ । गीतमा कृष्ण उदासीको शब्द, गौरव दर्पणको संगीत, नोर्बु शेर्पाको एरेन्ज र सुमन खड्काको मिक्सिङ र मास्टरिङ छ ।
भिडियोमा सारा सिरपाली, सुमन बस्नेत र वसन्त अधिकारी फिचर्ड छन् । चितवनको मेघौलीमा छायांकन गरिएको भिडियोमा सारालाई थारु भेषभुषामा देखाइएको छ ।
भिडियोमा रेनिश फागोको रंग, आरजु बैजुको कोरियोग्राफी, संकल भुजेलको छायांकन, बनिष शाहको सम्पादन र शिशिर खातीको निर्देशन छ । भिडियोको निर्माता सुवास बस्नेत हुन् । भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।