जोनसनसहित परिवारलाई कोरोना संक्रमण

लसएन्जल्स( एजेन्सी) । हलिउड अभिनेता ड्वेन जोनसनले करिब दुई साता अघि आफू र परिवारलाई कोरोना संक्रमण भएको खुलासा गरेका छन् । पूर्व रेस्लर तथा वर्तमान अवस्थामा विश्वकै महंगा यी अभिनेताले श्रीमति र दुई छोरीलाई कोरोना संक्रमण भएपनि अनुशासित रुपमा स्वास्थ्य सुरक्षा पालना गरेकाले अहिले संक्रमण मुक्त भएको बताएका हुन् ।

४८ वर्षे जोनसनले ३५ वर्षीया पत्नी लरेन, चार वर्षकी छोरी जस्मिन र दुई वर्षकी छोरी टाइना संक्रमणबाट मुक्त भएको जनाएका छन् । आफूहरु घर भित्रकै घनिष्ठ व्यक्तिबाट संक्रमित भए पनि अहिले कसरी संक्रमित भइयो भन्ने थाहा हुन नसकेको खुलाए । ‘हामीले निकै चुनौतीपूण र कठिन समय बितायौं’, उनले इन्स्टाग्राम भिडियोमा भनेका छन्, ‘कोभिड १९ को संक्रमण शरीरमा चोट लाग्नु वा हड्डी भाचिनु जस्तो होइन । मेरो पहिलो प्राथमिकता आफूसँग बच्चाको सुरक्षा हो ।’ उनले भनेका छन् ।

जोनसनले आफ्नो पिता रकीको पाइला पछ्याउँदै व्यावसायिक रेसलरको रुपमा काम गरे । उनी वल्र्ड रेस्लिङ इन्टरटेनमेन्ट(डब्लुडब्लुइ)का स्टार पनि हुन् । अभिनयमा आउनु अघि उनले खेलकुदमा ठूलो सफलता पाए । उनले ‘द स्कोर्पियन किङ’, ‘फष्ट एण्ड फ्युरिस ६’ र ‘जुमानजी’ फ्रेन्चाइज जस्ता ब्लकब्लष्टर फिल्ममा अभिनय गरिसकेका छन् ।