बिग बोसमा राधे माँ

मुम्बई(एजेन्सी) । अभिनेता सलमान खानको शो ‘बिग बोस’को नयाँ सिजन अक्टोबरमा शुरु हुने तयारी भइरहेको छ । टेलिभिजनको यो पपुलर शोमा यो वर्ष १६ जना प्रतिष्पर्धी छन् । जसमा १४ सेलिब्रेटी र दुई साधारण हुनेछन् । समाचार अनुसार यसपटकको शोमा विवादास्पद छवि भएकी राधे माँको पनि प्रवेश हुनेछ ।

हालसम्म निर्माताले यो विषयमा केही जानकारी नदिए पनि राधे माँलाई शोका लागि प्रस्ताव गरिएको छ । राधे माँको वास्तविक नाम सुखविन्दर कौर हो । उनलाई पछिल्लो सिजनमा पनि सम्पर्क गरिएको थियो । तर उनले त्यो समयमा सहभागिता जनाइनन् ।

गुरदासपुर जिल्लामा जन्मिएकी राधे माँ कम उमेरदेखि नै धर्मको यात्रामा हिँडेकी थिइन् । आफ्नो अनौठो पहिरन, बोलीचाली र समस्या समाधान गर्ने राधे माँ कैयौं कारण विवादमा आइन् । विवादित बोली र मानिसलाई आइ लभ यू फ्रम बटम अफ माइ हर्ट बोलेर सामाजिक सन्जालमा उनले चर्चा बटुलेकी थिइन् । सलमानको यो शोमा आएपछि उनले अन्य प्रतिष्पर्धीसँग कसरी मिलेर बस्छिन् भन्ने हेर्न बाँकी छ ।