सांगीतिक संघर्षमा इन टु द ड्रिम्स

काठमाडौ । संगीतमा चाहना राख्ने युवाहरुले सांगीतिक उपलब्धिलाई प्राप्त गर्न गरेको संघर्षमा आधारित रहेर कथात्मक शैलीमा तयार पारिएको वेब सिरिज ‘इन टु द ड्रिम्स’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।

जेबिआर सनमको निर्देशनमा बनेको सनमकै पटकथा तथा संवाद छ । वेव सिरिजमा सञ्जय वि.क., आनन्द सिंह, अमोद भट्ट, किरण चन्द, सरोज खनाल, रामबाबु रेग्मी, सरोज बखरेल, प्रवन भुषाल, मनोज भेट्वालको अभिनय छ ।

सुनिल वि.क. र सरोज बखरेल निर्माता रहेको सिरिजमा रेशम दर्लामीको छायांकन, बि ब्रोज टिमको सम्पादन, दीपेश सिंहको संगीत र राज गुरुङको गायन छ । सिरिज ११ सेप्टेम्बरमा ओएसआर डिजिटलबाट सार्वजनिक हुनेछ ।