टेलिभिजनमा सुशान्तको दिल बेचारा फ्लप

मुम्बई(एजेन्सी) । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको विषयलाई लिएर टेलिभिजन च्यानलमा दिनरात आइरहेका समाचार हुन् वा अन्य केही कारणले हो, टेलिभिजनमा उनको अन्तिम फिल्म ‘दिल बेचारा’लाई दर्शकले अस्वीकार गरेका छन् । गत साताको टीआरपी लिस्टमा यो फिल्म उत्कृष्ट ३ मा पर्न सकेन । अंग्रेजी फिल्महरुमा डिजनीले आफ्नो दबदबा कायमै राख्यो ।

वर्षको ३४ औं हप्ता अर्थात् २२ अगष्टदेखि २८ अगष्ट २०२० को जुन टीआरपी ब्रोडकास्टर अडियन्स रिसर्च काउन्सिल(बार्क)ले जारी गरेको छ, त्यो टीआरपीमा हिन्दी फिल्मको च्यानलको मामलामा सोनी म्याक्स अहिले पनि शीर्ष स्थानमा छ ।

यसपछि जी सिनेमा, जी अनमोल सिनेमा, धिंचक च्यानल र अन्तिममा स्टार गोल्ड छ । स्टार गोल्डलाई कुनै समयमा हिन्दी फिल्मको मामलामा अब्बल मानिन्थ्यो ।