लाक्पा र रामकुमारको मज्जाले नाचौंला

काठमाडौं । शेर्पा भाषाको पहिलो गायक तथा टुङ्ना वादक लाक्पा तेन्जी शेर्पाले ‘मज्जाले नाचौंला’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । गीत शेर्पा टोनमा भए पनि पर्वतीय भाषामा नेपाली संस्कृति झल्किने गरी तयार गरिएको छ ।

गीतमा लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको स्वर छ भने शब्द तथा संगीत लाक्पा तेन्जी शेर्पा र संगीत संयोजन राकेश सोनीले गरेका छन् । गीतको म्युजिक भिडियोलाई रामकुमार कार्कीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियोमा सन्जिब ठकुरी, मिङमा शेर्पाको अभिनय छ । भिडियोमा विक्रम चौहानको निर्देशन, प्रकाश खड्काको छायांकन र मिलन विकको सम्पादन छ ।