एकअर्काको माया हेर्दै दिक्पाल र अन्जली

काठमाडौं । गीतकार दधी अधिकारीको नयाँ गीत ‘मेरो माया हेरिदेउ एक फेरी’को भिडियो सार्वजनिक भएको छ । गायक एवं संगीतकार शिशिर योगीको संगीत तथा शिशिर योगी र रजिना रिमालको स्वर रहेको गीतको भिडियोमा मोडल अञ्जली अधिकारी तथा दिक्पाल कार्की फिचर्ड छन् ।

साइपल क्रियसनले निर्माण गरेको भिडियोमा राजन शाहीको कोरियोग्राफी, आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन छ । भिडियोमा प्रहिल कार्कीको निर्देशन छ । भिडियो साइपल क्रियसनको युट्युबबाट भिडियो रिलिज गरिएको हो ।