सुमिनासँग नरहरिको नौ डाँडा काटेपछि

काठमाडौं । गायक तथा संगीतकार नरहरि प्रेमी र गायिका सुमिना लोको स्वरमा नयाँ गीत ‘नौ डाँडा काटेपछि’ को भिडियो सार्वजनिक भएको छ । गीतकार एवं साहित्यकार गोविन्द गिरी प्रेरणाको शब्द रहेको गीतमा नरहरिकै संगीत छ । गीत म्यूजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गायक नरहरिका अनुसार गीतमा महिला वैदेशिक रोजगारीका लागि परदेश जान लाग्दाका बखत पुरुष पे्रमीले आफ्नी प्रेमिकालाई आफ्ना भावनाहरु अभिव्यक्त गरेको प्रसंगलाई देखाउन खोजिएको छ । गीतमा देवेन्द्र नेवाको संगीत संयोजन र श्यामस्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ छ । भिडियोमा सुशीलजंग कुँवर र सुस्मिता कुँवर फिचर्ड छन् ।

जि.बी. आग्रीको निर्देशन रहेको भिडियोमा मीन रावलको सम्पादन र रंग, काल भैरवको कोरियोग्राफी र दयाशंकर चौधरीको छायांकन छ ।