लिमपछि टोरिनोमा नेपालको होरी

काठमाडौं । विश्वको प्रतिष्ठित फिल्म डेभलभमेन्ट ल्याब टोरिनो फिल्म ल्याबमा नेपाली फिल्म ‘होरी’ छनोट भएको छ । कोभिडको महामारीका बेला भौतिक रुपमा ल्याब सञ्चालन गर्ने अवस्था नभए पछि ‘टोरिनो फिल्म ल्याब’ले यस वर्ष अनलाइन ल्याब सञ्चालन गर्ने घोषणा गरे अनुरुप सुरु गरिएको टोरिनो ल्याबमा ‘होरी’ छानिएको हो ।

अरुणदेव जोशीको निर्देशन र पटकथामा बन्न लागेको फिल्म माओवादी द्वन्द्वको समयको कथामा आधारित छ । फिल्म मुख्य रुपमा डोटेली भाषामा रहने र सुदूर पश्चिमको दार्चुलामा छायांकन गरिने निर्माण पक्षले जनाएको छ । सरोज शर्मा सापकोटा निर्माता रहेको फिल्म डोटेली भाषामा हुने छ । फिल्मको नाम डोटेली भाषाबाटै लिइएको हो । होली पर्वलाई डोटेली भाषामा ‘होरी’ भनिन्छ ।

फिल्म यस अघि पनि युरोपियन फिल्म डेभलप्मेन्ट ल्याब ‘लिम’ मा सहभागी भैसकेको छ । यसै महिना सेप्टेम्बर १४ बाट सञ्चालन हुने ल्याबमा विश्वभरीबाट १२ फिल्म प्रोजेक्ट छानिएका छन् । जसम मध्ये दक्षिण एशियाबाट भारतको एक फिल्म र नेपालको ‘होरी’ छानिएको हो ।