राधिका र राजेन्द्रको च्यान्टी मायालु

काठमाडौं । लोकदोहोरी गायिका राधिका हमाल र गायक राजेन्द्र भण्डारीको स्वरमा रहेको स्वरमा रहेको ‘च्यान्टी मायालु’को भिडियो सार्वजनिक भएको छ । राजेन्द्र भण्डारीको शब्द तथा लय सिर्जना रहेको गीतमा ग्रामीण समाजमा भएको मौलिक लोक सभ्यतालाई कलात्मक रुपमा समेटिएको छ ।

भिडियोमा राजेन्द्र भण्डारी, आयुष्मा कार्की र कुमार गजुरेलको अभिनय छ । राजेन्द्र भण्डारीको निर्देशन रहेको भिडियोमा सुरेश श्रेष्ठको छायांकन, प्रकाश धमलाको सम्पादन छ ।