उपत्यकामा प्रसाद बाँड्दै करण

काठमाडौं । दुई वर्ष अघिको हिट फिल्म ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’ बन्ने भएको छ । व्यावसायिक र समीक्षात्मक रुपमा सफल फिल्म ‘प्रसाद’लाई सोही फिल्मका निर्माता सुवास थापाले सिक्वेलका रुपमा ‘प्रसाद २’ निर्माण गर्न लागेका हुन् ।

फिल्ममा अघिल्ला फिल्मका प्रमुख दुई पात्र नम्रता श्रेष्ठ र विपिन कार्की दोहोरिनेछन् । फिल्ममा ‘लभ डायरिज’ डेब्यू निर्देशक सौरभ चौधरीको निर्देशन रहनेछ । फिल्मको स्क्रिप्ट अघिल्लो फिल्मका लेखक सुशील पौडेलले लेखेका छन् । फिल्मको अघिल्लो संस्करणका निर्देशक दिनेश राउत थिए ।

फिल्मको पहिलो संस्करणले निसन्तान दम्पतीको जीवनमा आउने विविध उतारचढावलाई प्रस्तुत गरेको थियो । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र जीजीए ग्रुपले वितरण गर्नेछ । वितरण सम्बन्धी निर्माण पक्ष र वितरण पक्षबीच सम्झौता भइसकेको छ ।