मेरो जिन्दगीको रोयल्टी शिवांशलाई

काठमाडौं । केही समय अघि बैतडीका महेश अवस्थीका छोरा शिवांश जन्मेको दुई महिनामै कलेजो फेर्नु परेपछि बुवाले कलेजो दान गरेका थिए । यही वास्तविक घट्नामा आधारित रहेर तयार पारिएको गीत ‘मेरो जिन्दगी’को भिडियो सार्वजनिक भएको छ । कमला सुवेदी सापकोटाको शब्द तथा संगीत, महाराज थापाको संगीत संयोजन रहेको गीतमा निशान भट्टराईको स्वर गीतमा छ ।

गायक निशानकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा निर्मल न्यौपाने, रेखा घिमिरे र रिदम तामाङ फिचर्ड छन् । भिडियोमा प्रेमकुमार श्रेष्ठ र पुर्ण बराल विशेष भूमिकामा छन् । निशानका अनुसार गीतबाट आउने रोयल्टी शिवांशलाई सहयोग गरिनेछ ।

भिडियोमा राज पोखेलको छायांकन, विकास दाहालको सम्पादन र युवराज वाइबाको निर्देशन छ ।