अर्जुन कपूरलाई कोरोना संक्रमण

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अर्जुन कपुरलाई कोरोना संक्रमण भएको छ । उनले आफ्नो इन्स्टाग्राममार्फत आफूलाई कोरोना संक्रमण भएको र आफू आइसोलेसनमा बसेको जानकारी दिएका छन् ।

होम क्वारेन्टाइनमा डाक्टर तथा सम्बन्धित निकायको सल्लाहमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिएका छन् । अर्जुन, रकुल प्रीत सिंह र निखिल आडवाणीको व्यानरको फिल्मको सुटिङ फिल्म सिटीमा गरिरहेका छन् । जहाँ भारत पाकिस्तानको सीमावर्ती इलाकाको सेट बनाइएको छ । यो फिल्म भारत–पाकिस्तानको विभाजनको पृष्ठभूमिमा एक प्रेमकथाको हुनेछ ।